ओलीका विवादित मान्छेको अहँकार बालेनले ठेगान लगाइदिए, डरले हल्लियो बालकोट

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएर भत्किाइदिएको छ ।

बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह ‘बालेन्द्र’ले अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए ।

अल्फाबिटाका मालिक द्विराज शर्माले नक्सा देखाउन अटेर गरेर मेयर शाहसँग बादविवाद गरेका थिए । शाहले शर्माको सातो लिएपछि डराएका थिए ।

शर्मासँग मेयर शाहको भनाभन परेको थियो । शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनुपर्ने बताएका थिए ।

मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए । शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए ।

कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगेर अबैध संरचना भत्काइदिएका छन् ।

अल्फाबिटामा शाहले उपस्थित पत्रकारहरूलाई नक्सा देखाएमन छन् । त्यसपछि डोजरले अवैध संरचना भत्काइदिएको छ ।

अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन् ।

उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ।’

‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला’, शाहले भनेका छन्, ‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला ।’

अल्फाबिटाका मालिक शर्मा विवादित व्यक्ति हुन् । उनी एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिन्छन् । ओलीको आड र संरक्षणमा शर्माले उत्पात मच्चाउँदै आएका थिए ।

Published : Thursday, 2022 August 25, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया