काठमाडौंमै काण्डैकाण्ड गरेकी हाइप्रोफाइल तारा खोरमा पुगिन्, चकित परे मानिसहरू
काठमाडौं । मिटर व्याज र विभिन्न ठगी काण्डमा परेकी तारामैया गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
बुधबार तारालाई प्रहरीले पक्राउ गरेको उच्च स्रोतले जनाएको छ । ताराका विषयमा काठमाडौं प्रहरीका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले बुझेर जानकारी दिने बताए ।
ठगी काण्डमा पक्राउ परेकी तारालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार लगेको छ ।
अन्दाजी ५० वर्षीया ताराले अर्कैको घर जग्गालाई अम्बिका रासकोटीसँग बैना गरेर ठगी गरेकी छिन् । सो घर र जग्गाको मूल्य २ करोड ६५ लाख तय गरेको तारा र अम्बिकाबीच भएको तमसुकमा उल्लेख छ ।
ओखलढुंगा स्थायी घर भई काठमाडौंको चाबहिलमा बस्दै आएकी ताराले ठगी गरेको रकमले दरबारमार्गसहितका स्थानमा बिलासी जीवन विताइरहेकी थिएन् । अब प्रहरी खोरमा परेपछि चकित परेकी छिन् ।
काठमाडौंको सीतापाईलास्थित कित्ता नं. २०१ घर जग्गालाई ताराले अम्बिकालाई मेरो हो भनेर २०७७ साल फागुन ९ गते बैनाको कागज गरेकी थिइन् । सो कागज गरे पनि ताराले अम्बिकालाई घर जग्गा पास नगरेर करीव ३ वर्षदेखि पैसा समेत फिर्ता नगरेर दुःख दिँदै आएकी छिन् ।
ताराले अम्बिकासँग १५ लाखको माछापुच्छ्रे बैंकको चेक नं. ००२७३००९५८ बाट रकम निकालेकी थिइन् । ताराको ठगीमा परेकी अन्दाजी ५० वर्षीया अम्बिका उदयपुर जिल्ला स्थायी घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी छिन् ।
ताराले ठगी गरेका करीव १५/२० जना व्यक्तिहरू लामो समयदेखि तनाबमा छन् । तारा पक्राउ परेको थाहा पाएपछि पीडितहरू काठमाडौं प्रहरीमा गएर उजुरी दिने तयारी गरेका छन् ।
बैनाको रकम फिर्ता गर्नुस् वा घर जग्गा पास गर्नुसभन्दा ताराले अम्बिकालाई ‘जे मन लाग्छ त्यही गर, पैसा पनि दिन्न, घरजग्गा पनि दिन्न’ भनेर धम्काउँदै आएकी थिइन् ।
पछि ताराले बैना गरेको जग्गा र घर अर्कैको भएको खुलासा भएपछि १५ लाख बैना गरेकी अम्बिका तनाबमा परेकी छिन् । ताराले अर्कैको घर जग्गा आफ्नो हो भनेर विभिन्न व्यक्तिहरूलाई बैना गरेर ठगी गरेको आरोप छ ।
ताराले प्रहरी प्रशासन, राजनीतिक उच्च तहका नेता, एमाले निकटका एकजना व्यापारी (गण्डकी प्रदेशतिर घर भएका)को संरक्षणमा मिटर व्याज लगाउने, ठगी धन्दा चलाउने जस्ता हर्कत गरेको आरोप पीडितहरूको छ ।
पक्राउ परेकी तारा मिटर व्याज काण्डमा समेत परेकी छिन् । गृहमन्त्री बालकृष्ण खाणले मिटर व्याज लगाएर दुःख दिनेहरूविरुद्ध उजुरी मागेका बेला नामुद मिटर व्याजी तारा पक्राउ परेकी छिन् ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी भरत बोहराले कमाण्ड सम्हाल्नेवित्तिकै ठग, मिटर व्याजीलगायतका अपराध गर्नेहरूविरुद्ध कठोर कदम उठाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया