यी हुन् ७७ जिल्लामा खटिएका कांग्रेसका प्रतिनिधिहरू, को– कहाँ जाने ?

काठमाडौं । नेपाली कांग्रेस ७७ जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने निर्णय गरेको छ । सोही अभियानलाई कार्यान्वयन गर्न कांग्रेसले प्रतिनिधि खटाएको हो ।

कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।

पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन दिएको छ ।

केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।

सबै निर्वाचन क्षेत्रमा पुगेर पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको प्रवक्ता डा.महतले बताएका छन् ।

कांग्रेसले ताप्लेजुङ्गमा आङ्गेलु शेर्पा, पाँचथरमा प्रदीपकुमार सुनुवार, इलाममा महेन्द्रकुमारी लिम्बु, झापामा डा.डिला संग्रौला पन्त, संखुवासभामा उमेशजंग रायमाझी, तेह्रथुममा लक्ष्मी परियार, भोजपुरमा भीम पराजुलीलाई खटाइएको छ ।

धनकुटामा राजीव ढुंगाना, मोरङमा ज्ञानेन्द्रबहादुर कार्की, सुनसरीमा अमृत अर्याल, सोलुखुम्बुमा कल्पना चौधरी, खोटाङमा तारामान गुरुङ, ओखलढुंगामा लक्ष्मी खतिवडा, उदयपुरमा बलबहादुर केसीलाई खटाइएको कांग्रेसले जनाएको छ ।

सप्तरीमा आनन्दप्रसाद ढुंगाना, सिरहामा महेन्द्रकुमार राय, धनुषामा नगिना यादव, महोत्तरीमा मञ्जु खाण, सर्लाहीमा दिनेशकुमार यादव, रौतहटमा अजयकुमार चौरासियालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।

बारामा रमेश रिजाल, पर्सामा पदमनारायण चौधरी, दोलखामा शान्ति परियार, रामेछापमा हरिशरण नेपाली, सिन्धुलीमा दिलमान पाख्रिन, रसुवामा राजेन्द्र केसी, धादिङमा मदनकृष्ण श्रेष्ठ, नुवाकोटमा मदनबहादुर अमात्यलाई खटाइएको छ ।

सिन्धुपाल्चोकमा बहादुरसिंह लामा, काभ्रेमा रमा कोइराला, चितवनमा श्यामकुमार घिमिरे, मकवानपुरमा उमेश श्रेष्ठ, भक्तपुरमा अम्बिका बस्नेत, ललितपुरमा नानु बास्तोला, काठमाडौंमा जीतजंग बस्नेतलाई प्रतिनिधिका रुपमा खटाइएको छ ।

गोरखामा ध्रुव वाग्ले, लम्जुङमा शंकर भण्डारी, तनहुँमा सुरेन्द्रराज पाण्डे, कास्कीमा प्रदीप पौडेल, मनाङमा गुरु बराल, मुस्ताङमा कृष्णचन्द्र नेपाली पोखरेल, पर्वतमा चम्पादेवी खड्का, स्याङजामा चिनकाजी श्रेष्ठलाई खटाइएको छ ।

म्यादीमा दिनेश कोइराला, बागलुङमा अब्दुल सतार, नवपुरमा सरस्वती अर्याल, नवलपरासीमा मानबहादुर नेपाली, रुपन्देहीमा योगेन्द्र चौधरी, कपिलवस्तुमा चन्द्रबहादुर केसी, पाल्पामा अब्दुल रञ्जाक, अर्घाखाँचीमा गोविन्दराज पोखरेल, गुल्मीमा देवेन्द्रराज कँडेललाई खटाइएको छ ।

रुकुम पूर्वमा धना खतिवडा, रोल्पामा मैकुलाल बाल्मीकी, प्यूठानमा जावेदा खातुन जागा, दाङमा गोपाल दहित, बाँकेमा दीपक गिरी, बर्दियामा गेहेन्द्र गिरी, रुकुम पश्चिममा कृष्णकिशोर घिमिरेलाई खटाइएको छ ।

सल्यानमा सीता देवकोटा, जुम्लामा रंगमति शाही, मुगुमा कान्तिका सेजुवाल, कालिकोटमा जानकी सिंह, जाजरकोटमा सीताकुमारी राना, दैलेखमा राजीवविक्रम शाहलाई खटाइएको छ ।

सुर्खेतमा सञ्जयकुमार गौतम, बाजुरामा अर्जुनजंगबहादुर सिंह, बझाङमा गोविन्दबहादुर शाह, डोटीमा नृपबहादुर वड, अछाममा रणबहादुर रावल, दार्चुलामा यज्ञराज जोशी, बैतडीमा रमेश लेखक, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई खटाइएको छ ।

Published : Tuesday, 2022 August 23, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया