बदनाम स्विस बैंकमा नेपालीहरूको ४६ अर्ब ६४ करोड भेट्टियो, को–को मुछिए ?
काठमाडौं । स्विजरल्याण्डको स्विस बैंकमा नेपालीहरूको ४६ अर्ब ६४ करोड रुपियाँ रहेको खुलासा भएको छ ।
पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपाली धनाढ्य, राजनीतिक नेतृत्व र तस्करहरूतर्फ संकेत गर्दै ठूलो रकम स्विस बैंकमा पुगेको बताएका छन् ।
स्विस बैंकले सार्वजनिक गरेको विवरण अनुसार नेपाली धनी र ठालुहरूको स्विस बैंकमा सन् २००१ मा ३ अर्ब ५८ करोड रुपियाँ रहेको डा.लोहनीले जनाएका छन् ।
सन् २०१० सम्म आइपुग्दा यो रकम बढेर १२ अर्ब ५५ करोड पुगेको पूर्वअर्थमन्त्री डा.लोहनीले बताएका छन् ।
सन् २०२० सम्म यो रकम ४६ अर्ब ६४ करोड पुगेको भन्दै डा.लोहनीले भनेका छन्, ‘यसलाई भन्छन् अग्रगामी प्रगति ।’
‘यो अवस्थाबारे नेपाल सरकार मौन छ’, डा.लोहनीले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि अग्रगामीले यो देशको गैरकानूनी कामबारे एक शब्द बोल्दैनन् ।’
‘कमसेकम अहिलेका स्वघोषित राष्ट्र पिताहरूले आफ्नो या आफ्नो श्रीमतीको नाममा विदेशमा पैसा राख्ने गैरकानूनी काम गरेका छैनौं भनेर घोषणा गर्ने नैतिक सहस नगर्ने हो भने यिनीहरूलाई नै नेपाल लुट्ने जत्था भनेर भन्नपर्ने हुन्छ’, पूर्वअर्थमन्त्री डा.लोहनीले भनेका छन् ।
नेपालका केही धनाढ्य, राजनीतिक दलका नेता, बिचौलिया, व्यापारीलगायतको नाममा वा नेताहरूका पत्नीका नाममा स्विस बैंकमा अर्बौं रकम रहेका समाचार बेलाबेला आउने गरेका छन् ।
पूर्वअर्थमन्त्री जस्तो व्यक्तिले स्विस बैंकमा नेपालीहरूको अबैध धन थुप्रिएको विषयमा दिएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको छ ।
सत्तमा एमाले सबैभन्दा धेरै लामो समय बसेको छ । त्यसपछि नेपाली कांग्रेस बसेको छ । एमालेका नेताहरू अकुत कमाइ गरेको तथा भ्रष्टाचार गरेको आरोप छन् ।
माओवादी केन्द्रका नेताहरूमाथि पनि भ्रष्टाचारको आरोप छ ।
नेपालमा बैंकहरूले सहज रुपमा ऋण दिएका छैनन् । बैंकहरूमा पैसा अभाव भएको र पैसा धनाढ्यहरूले घरमै लुकाएर राखेको आरोप लागेका बेला स्विस बैंकमा नेपालीहरूको पैसा रहेको खुलासा डा.लोहनीले गरेका छन् ।
राजनीतिक नेतृत्व र खराब आचारणका व्यक्तिहरूका कारण नेपालमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारको छानविन र अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सुतेर बसेको छ । दोषीलाई कारबाही गर्ने वा अनुसन्धान गर्न सक्दैन ।
न्यायालयभित्र पनि भ्रष्टाचारका आरोप लाग्दै आएको छ । सर्वोच्च अदालतकै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा नै भ्रष्टाचारसहितका काण्डमा लागेपछि निलम्बनमा छन् । महाअभियोग लागेको छ ।
अबैध र कालोधन लुकाउन स्विस बैंक निकै सुरक्षित मानिन्छ । स्विस बैंक विश्वभरि बदनाम छ । यो बैंकको नाम लिनेवित्तिकै राम्रा व्यक्तिहरूले नाक खुम्चाउँछन् । स्विस बैंकमा पैसा वा धनसम्पत्ति राख्दा गोप्यता रहन्छ भन्ने विश्वास छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया