मुख्यमन्त्री ठूलो भ्रष्टाचार काण्डमा परेपछि आफ्नै अध्यक्षद्वारा राजीनामा माग

काठमाडौं । मधेश प्रदेशका विवादित मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच चुनावको बेलामा खटपट भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउने तीन महिना बाँकी रहेका बेला अध्यक्ष यादव र मुख्यमन्त्री राउतबीच खटपट भएको हो ।

अध्यक्ष यादवले मधेश प्रदेशका मुख्यमन्त्री राउतको राजीनामा मागेपछि खैलाबैला भएको छ ।

सरकार र पार्टीको आलोचना भइरहेको भन्दै अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा राउनले साईकल खरिदमा ठूलो घोटाला र भ्रष्टाचार गरेको आरोप छ ।

राउतको मधेश प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको आरोप दायर गरेको छ ।

अन्य योजनाका फाइलहरूमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । सोही कारण राउतलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब छ ।

जसपाको राजनीतिक समितिमा मुख्यमन्त्री राउत र मन्त्रीहरूको अध्यक्ष यादवले असन्तुष्टि जनाएका छन् ।

मधेश प्रदेशमा भ्रष्टाचारका समाचारहरू आइरहेका छन् । मधेश प्रदेशमा राउत निरन्तर मुख्यमन्त्री पदमा छन् । राउत निकै विवादित व्यक्ति हुन् ।

राउतले ठूलो भ्रष्टाचार गरेको आरोप छ । उनले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप छ ।

Published : Monday, 2022 August 22, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया