एमालेले धेरै चुरीफुरी देखाएपछि गृहमन्त्री खाणले यसरी खुइल्याइदिए
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नगारिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचिएको कुरा उल्लेख नगरेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाणले भने, ‘राष्ट्रपतिको सन्देशमा नेपालको संविधान यो विधेयकले पालना गरेन भनेको छैन । यहाँनेर संविधान मिच्नुभयो भनेको छैन ।’
उनले संविधानको आधारशीलामा टेकेर नै नागरिकता विधेयक ल्याएको बताए । त्यसमा राष्ट्रपतिले संविधान मिचेको कुनै आधार नदेखाएको खाणले बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको प्रतिवेदन संसदीय प्रक्रिया अनुसारनै वर्तमान सरकारले फिर्ता लिएको खाणले बताएका छन् ।
‘हामीले औपचारिकरूपमा राज्यव्यवस्था समितिको प्रतिवेदन र नागरिकता विधेयक औपचारिक रूपमा संसदीय अभ्यासअनुसार फिर्ता लियौं’, उनले भने, ‘कसैलाई आरोपित गर्न चाहन्न ।’
उनले भने, ‘त्यो प्रतिवेदन पेस गरेको भए हुन्थ्यो, तत्कालीन सरकारले । उहाँहरूले त्यसलाई अगाडि बढाउनुभएन ।’
‘त्यतिखेर के कारणले अगाडि बढाउनुभएन त्यतातिर जान्न’, गृहमन्त्री खाणले भने, ‘२०७८ जेठ ९ गते अध्यादेश जारी भयो । त्यो अध्यादेश ल्याउँदा राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदनको आधारमा अध्यादेश ल्याएको भए हुन्थ्यो नि ।’
‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनलाई संसद् छैन कसरी पारित गर्ने भनेर अध्यादेशका रूपमा ल्याएको भए हुन्थ्यो नि’, उनले भने, ‘अध्यादेश ल्याउने बेलामा २०७५ सालमा ल्याएको विधेयकमा टेकेर ल्याउनुभयो ।
खाणले भने, ‘राज्यव्यवस्था समितिको प्रतिवेदनलाई इग्नोर गर्नुभयो । त्यो जवाफदेहिता तत्कालीन सरकारको थिएन ?’
खाणले नयाँ सरकार बनेपछि राज्यव्यवस्थाको प्रतिवेदन प्रस्तुत गर्ने वातावरण नभएको र त्यो एमालेका कारण नै भएको बताएका छन् ।
‘हामी सरकारमा आएपछि सदनमा ल्याएर त्यो प्रतिवेदनलाई ल्याएर सहजतापूर्वक छलफल गर्ने वातावरण नै भएन’, उनले भने, ‘साथीहरू यहाँ उभिनुहुन्थ्यो र छलफल भएन ।’
नागरिकता ऐन, २०६३ सर्वसम्मतिले बनेको स्मरण उनले गरेका छन् । उनले त्यतिबेलाका ७ मध्ये ६ दल रहेको सरकारले उक्त ऐन बनाएको बताए ।
‘नागरिकता ऐन, २०६३ निर्माण गर्नका लागि नेमकिपा बाहेक ६ दल हामी थियौं’, उनले भने, ‘उप–प्रधान र परराष्ट्रमन्त्री को हुनुहुन्थ्यो तपाईहरू नै भन्नुस् ।’
उनले भने, ‘आफै सरकारमा बस्ने, कानून बनाउने अनि केही वर्षपछि त्यसकै विरोध गर्ने ?’
गृहमन्त्री खाणले एमाले र एमालेका सांसदहरूप्रति लक्षित गरेर आफ्ना अभिव्यक्तिहरू दिएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया