प्रतिनिधि सभाले ‘पावर’ देखायो, राष्ट्रपतिको सन्देशले हावा खायो
काठमाडौं । प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक पुनः पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयकलाई हुबहु पारित गरेको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गर्न अस्वीकार गरेकी थिइन् । उनले विधेयकलाई सन्देशसहित संसदमा फिर्ता गरिदिएकी थिइन् ।
प्रतिनिधि सभाले पनि आफ्नो पावर देखाएर नागरिकता ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित गरिदिएको छ ।
मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।
सो प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।
मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।
बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो ।
नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत केही सांसदहरूले राखेका थिए ।
एमालेले विधेयकको विरोध गरेको थियो । एमालेले विधेयकलाई निर्णयार्थ पेश गर्ने बेला कुनै अवरोध गरेन ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गराउन शुरुदेखि नै राजनीतिक सहमति खोजेर संसदमा अगाडि बढाएका हुन् । विधेयकलाई दुई पटक पारित गराउन खाणको ठूलो भूमिका छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया