दिनभरि काण्ड गरेर मान्छे घाइते बनाएका बालेनले प्रधानमन्त्री भेटे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले भेट गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका हुन् ।
मेयर शाहले प्रधानमन्त्री देउवालाई बन्चरेडाडा ल्यान्डफिल साइट जाने सडक खण्डको स्तरोन्नति गर्न आग्रह गरेका छन् ।
सरकारको तर्फबाट भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
शाहको सचिवालयमा फोहोर व्यवस्थापन सम्बन्धी हेर्दै आएका विज्ञ सुनिल लम्सालका अनुसार स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ ।
मेयर शाहले इमरजेन्सी बजेट विनियोजन गरेर भए पनि भत्किएको सडक बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको लम्सालले जानकारी दिएका छन् ।
केही समययता सत्तारुढ दलकै स्थानीय नेताले बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।
महानगरले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्दै आएको छ ।
यसैबीच, मेयर शाहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।
हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै शाहले दाहालको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् ।
यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् ।
अधिकारी अध्यक्ष दाहाल बस्दै आएको घरको घरबेटीसमेत हुन् ।
शाहले भनेका छन्, ‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
उता, काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।
स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको छ ।
प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।
उनको आँखामाथिको भागमा रबरको गोली अड्किएको छ ।
मंगलबार दिनभरि बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनाव भएको थियो ।
तनावकै बीच काठमाडौंका मेयर शाहले डेढ सयभन्दा बढी गाडी छिराएर बञ्चरेडाँडामा फोहोर खसालेका छन् । मेयर शाहले बल प्रयोग गरेर काठमाडौंको फोहर नुवाकोटको बञ्चरेडाँडामा खसालेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया