बालुवाटारको बोल्ड निर्णयले शीतल निवास र एमालेलाई झड्का

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा पेश गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने सहमति गठबन्धनमा भएको छ ।

१४ दिनसम्म अड्काएर आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार रहेको कार्कीले बताएका छन् ।

फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाउने कार्कीले बताएका छन् ।

गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय गरेको छ ।

नागरिकता विधेयक अगाडि बढाउने गठबन्धनको निर्णयले एमाले र शीतल निवासलाई तनाब भएको छ । एमालेले पनि विधेयकको विरोध गरेर भण्डारीको बचाउ गरेको थियो ।

Published : Tuesday, 2022 August 16, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया