देउवाद्वारा महिला संघको अध्यक्षमा उषालाई नियुक्त, असक्षम बनिन् उमा रेग्मी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई नियुक्त गरेका छन् ।
बिहीबार कांग्रेसद्वारा विज्ञप्तिअनुसार सभापति देउवाले सिरहाकी राउतलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
‘नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को बैठकको निर्णयानुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा उषाकुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
महिला संघको सभापति उमा रेग्मी थिइन् । रेग्मी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेपछि महिला संघको अध्यक्ष पद रिक्त थियो ।
रेग्मीले संघको अधिवेशन गराउन सकिनन् । रेग्मीको असक्षमताका कारण महिला संघ स्वतः विघटन हुन पुगेको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया