अदालतको शक्तिशाली आदेशले भीआईपीहरूका यी मान्छेको ओठमुख सुक्यो, अब खोरमै बस्ने
काठमाडौं । अबैध क्रिप्टो करेन्सीको कारोबार काण्डमा पक्राउ विवादास्पद व्यवसायी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो । न्यायाधीश श्रेष्ठको शक्तिशाली आदेशपछि श्रेष्ठको सातोपुत्लो उडेको छ । फैसला नहुँदासम्म श्रेष्ठ थुनामा रहेर मुद्दा लड्नुपर्नेछ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत ४८ करोड रुपियाँ बिगो, बिगोको तेब्बरसम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै अभियोग पत्र दायर गरेको थियो ।
श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेको छ । उनको अकुत सम्पत्तिको पनि छानविन हुनेछ ।
राजनीतिक र प्रहरी प्रशासनको आडमा बच्दै आएका श्रेष्ठको नराम्रोसँग फसेका छन् । अरुलाई फसाएर सुखसैयलमा बस्दै आएका श्रेष्ठका दिन खराम चलेको छ ।
अमितले फसाएका धेरै पीडितहरू काठमाडौं जिल्ला अदालतको आदेशले खुशी भएका छन् ।
श्रेष्ठलाई प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीको घरबाट असार २९ गते पक्राउ गरेका थिए ।
अमितको नाममा स्वदेश र विदेशका बैंकहरूमा स्रोत नखुलेको रकम समेत प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।
यसअघि रवाफका साथ हिँड्ने गरेका विवादास्पद व्यापारी अमितलाई छुटाउन ठूलो गिरोह सक्रिय भएर लागेको छ ।
श्रेष्ठ उच्च प्रहरी अधिकारीहरूसँगको सम्बन्ध दुरुपयोग गरी २ जना सुरक्षाकर्मी लिएर रवाफका साथ हिंड्ने गर्थे ।
हैसियत नै नभए पनि तत्कालीन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले सुरक्षा थ्रेटका नाममा उनलाई २ जना प्रहरी दिएका थिए ।
कान्छी श्रीमतीसँग लफडा भएपछि श्रेष्ठले त्यसैलाई सुरक्षा थ्रेट भन्दै पहुँचको दुरुपयोग गर्दै सुरक्षाकर्मी लिएर हिंड्ने गरेका थिए ।
प्रहरीका उच्च अधिकारीसँगको पहुँच र सुरक्षाकर्मीसमेत भएको धाकधम्की देखाएर अमितले कान्छी श्रीमतीले अदालतमा दायर गरेको अंश मुद्दा फिर्ता गर्न लगाएका थिए ।
उच्च प्रहरी अधिकृतसँगको सम्बन्धको दुरुपयोग गरी विशाल सिमेन्टका पूर्वसंचालक अमितले आफ्ना व्यवसायिक साझेदारहरूको कल डिटेल निकाल्ने काम गरी दुःख दिने गरेका थिए ।
अमितसँग विभिन्न व्यापार व्यवसायमा लगानी गर्ने हितैषी मित्रलाई समेत हदैसम्म दुःख दिन प्रहरी शक्तिको यति धेरै दुरुपयोग गरेको आरोप छ ।
अहिले उनलाई थुनामा राख्दा सहानुभूति राख्नेसम्म कोही पनि प्रकट हुन सकेका छैनन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुशम्शेर जबरासँगको सम्बन्धलाई समेत उनले दुरुपयोग गरेका थिए ।
प्रहरीले अमितको ल्यापटपदेखि मोवाइल चेक गर्दा ३३ करोड रकम उनले नेपालबाट क्यानडामा लगेको देखिएको छ ।
यो रकम चोलेन्द्रले मुद्दामा सेटिङ गरी आर्जन गरेको भ्रष्टाचारको भएको आशंका गरिएको छ । प्रहरी स्रोतले भीभीआईपीकै कनेक्सन देखिएको भन्दै कसको रकम हो भन्ने खुलाएको छैन ।
सुरुमा नुवाकोटबाट काठमाडौं आएपछि नयाँबजारको ग्यारेजमा काम गर्ने मजदुर अमित १५ वर्षमै सिमेन्ट, होटलदेखि जग्गा र अबैध क्रिप्टो करेन्सीमार्फत् अर्बौंको कारोबार गर्नसक्ने हैसियतमा कसरी पुगे भनेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अमितको कनेक्सन ३३ किलो सुन र सनम शाक्य हत्याको आरोप लागेपछि नेपालबाट भारत पलायन भई भारतको हरिद्वारमा जोगीको भेषमा लुकेर बसेका र पछि न्यायाधीश सेटिङ गरी सफाइ पाएका बाजेको सेकुवाका चेतन भण्डारी अहिले अमित छुटाउन हिंडेका थिए ।
अमितलाई छुटाउन नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी पनि हातधोएर लागेका थिए । सुनकाण्डमा संलग्न चेतन भण्डारीसहितका व्यक्तिहरूले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई नै बुझाई सफाइ पाएको समाचार यसअघि आईसकेका छन् ।
स्रोतका अनुसार भण्डारीहरूले सुनकाण्डमा एकमुष्ट १० करोडको डिल गरेका थिए । सुनकाण्डमा सेटिङमा सफाइ दिने मोरङका १ नं. न्यायाधीश भरत लम्साललाई हालै न्यायपरिषदले कालीकोटमा सरुवा गरेको छ ।
चालेन्द्रको अबैध पैसा अमितले क्यानडामा बस्दै आएका सीजे ज्ञवालीमार्फत व्यवस्थापन गर्ने गरेको आरोप छ । सो विषयमा पनि प्रहरीले अनुसन्धन गरिरहेको छ ।
एभरेष्ट बैंकमा १२ करोड ४० लाख रुपियाँ, लक्ष्मी बैंकमा ५ करोड ६० लाखलगायत नेपालका अधिकांश ‘क’ वर्गका बैंकहरूमा करोडौं रुपियाँको शेयर रहेको प्रहरी स्रोतले जनाएको छ । अमितसँग प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो ।
प्रारम्भिक प्रतिवेदनबाट अमितको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिए पनि कारोबार नै नदेखिएको करोडौं रुपियाँको स्रोतको खोजी कार्य गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।
प्रहरीले फेला नपारेको लुम्बिनीमा १० कट्ठा जग्गा र भैरहवामा सुविधासम्पन्न ह्वाइट लोटस होटलमा २५ करोड रुपियाँ लगानी गरेको र काठमाडौंको मुटु मानिने पक्नाजोलमा ३ रोपनी जग्गामा दशौं करोडको घर र काठमाडौंकै बालाजुस्थित मनमैजुमा १५ रोपनी जग्गा, हायत होटलमा पनि ५० देखि ७० करोड रुपियाँ लगानी गरेको र दुबईका एक बैंकमा १२ लाख डलर खातामा रहेको समेत स्रोतले दाबी गरेको छ ।
चोलेन्द्रशम्शेर राणाको विदेशमा व्यवस्थापन गर्न नसकेको पैसा अमितले श्रेष्ठले विभिन्न हाइड्रोपावरहरूमा पनि लगानी गरेको स्रोतले दावी गरेको छ ।
श्रेष्ठको नाममा कमन–वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र रोयल बैंक अफ क्यानडामा सेयर समेत कारोबार गरेको देखिएको प्रहरीले जानकारी गराएको छ ।
नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपियाँभन्दा धेरै रकममार्फत अमितले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको छ ।
अमितको एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ । काठमाडौं–१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको प्रहरीले जानकारी गराएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया