कांग्रेसले देशभरिका आफ्ना जनप्रतिनिधिहरूलाई दियो अनिर्वाय उपस्थित हुन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरमा दुई दिन अभिमुखीकरण कार्यक्रमसहित प्रशिक्षण दिने भएको छ ।

मंगलबार विज्ञप्ति जारी गरेर कांग्रेसले साउनको ३० र ३१ गते ललितपुरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम गर्न लागेको जनाएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

जनप्रतिनिधिहरूलाई सोही कार्यक्रममा बधाई र शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा हुनेछ ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उप–प्रमुख, पालिकाका प्रमुख/उप–प्रमुख र अध्यक्ष/उपाध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन दिएको छ ।

साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरूको नाम दर्ता गरिनेछ ।

Published : Tuesday, 2022 August 9, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया