डा.आरजु राणासँग दिल्लीमा भाजपा नेता डा.चौथाइवालेले भेट गरे
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा र भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेट भएको छ ।
बुधबार नयाँदिल्लीमा भएको भेटमा डा.राणालाई डा.चौथाइवाले स्वास्थ्य लाभको कामना गरेका छन् । कांग्रेस नेतृ डा.राणा उपचारका क्रममा नयाँदिल्लीमा छिन् ।
डा.चौथाइवालेले डा.राणाको उपचार राम्रोसँग सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।
डा.राणा र डा.चौथाइवालेबीच दिदीभाईको सम्बन्ध छ । डा.राणाले डा.चौथाइवालेलाई राखी बाँधेर भाई बनाएक छिन् ।
Published : Wednesday, 2022 July 27, 11:52 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया