कांग्रेस नेता खतिवडाको पहलमा बनेको सुनकोशीको नवलपुर पुलको अनुगमन, अब उद्घाटन हुने

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको विशेष पहलमा ओलखढुंगा–सिन्धुली जिल्ला जोड्ने नवलपुरको पुलको काम पूरा भएको छ ।

बुधबार नवलपुरस्थित पुलमा पुगेर कांग्रेस नेता खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालसहितका स्थानीय जनप्रतिनिधि र ईञ्जिनियरहरूले अनुगमन गरेका छन् ।

नेता खतिवडाले पुलको उद्घाटन साउन २० गतेसम्म गर्ने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘पुलको उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँग कुरा भएको छ । प्रधानमन्त्रीज्यूको समयको प्रतीक्षामा छौँ । प्रधानमन्त्री आउन सक्नु भएन भने गृहमन्त्री बालकृष्ण खाणज्यू मार्फत पुलको उद्घाटन गर्ने तयारी भएको छ ।’

करीव २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पानहरू रहेका छन् । पुलको चौडाई ११ मिटरको रहेको छ । दुई वटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्ने आयोजना प्रमुख नेपालले बताएका छन् ।
संविधान सभाको सदस्य रहेका बेला खतिवडाले योजना पारेर पुलको शिलान्यास गरेका थिए ।

सिन्धुली जिल्लाबाट ओखलढुंगाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आउनेवित्तिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवत–जावतमा सहज हुनेछ ।

सुनकोशी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुंगालाई जोड्ने निकै छोटो बाटो हुनेछ ।

पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यक्तालाई सहज बनाइदिएको छ ।

पुलको ठेक्का लिएर काम पूरा गरेका ठेकेदार पनि अनुगमनमा सँगै आएका थिए ।

Published : Wednesday, 2022 July 27, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया