महिलालाई सडकमा अभद्र व्यवहार गर्ने धुन्धुकारी युट्युबर पक्राउ
काठमाडौं । सडकमा हिँडिरहेकी महिलालाई अभद्र व्यवहार गरेर भिडियो बनाउने २६ वर्षीय पूर्णचन्द्र भुसाल ‘प्रदीप’लाई प्रहरीले पक्राउ गरेको छ ।
प्राङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले भुसाललाई पक्राउ गरेको जनाएको छ ।
भुसालले ‘बदमास केटा’ नामक युट्युबमा भिडियो हालेका थिए । सो भिडियोको सामाजिक सञ्जालमा विरोध भएको थियो ।
भुसालले महिलालाई सडकमा अभद्र व्यवहार गरेर पैसा, गरगहना, मोबाइललगायतका सामान लुटेका थिए । केही समयपछि उनले ती सामान फिर्ता गरेका थिए ।
भुसाल नवलपरासी निवासी हुन् । उनले ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेका थिए ।
भुसाललाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताएका छन् ।
पक्राउ परेका भुसाललाई ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रेस काउन्सिल नेपालले यस्ता हर्कत गर्ने युट्युबलाई कारबाहीको दायरामा ल्याइरहेको छ । कानून र समाजको वेवास्ता गर्ने युट्युब सञ्चालकहरू धमाधम पक्राउ पर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया