टापकसेकी पोखराकी निशा काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४२ वर्षीया निशा गुरुङ पक्राउ परेकी छिन् ।
सीआईबीले गुरुङलाई मंगलबार टोखाबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
गुरुङलाई उच्च अदालत पाटनको २०७९ वैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपियाँ जरिवाना ठहर गरेको थियो ।
अदालतको फैसलापछि गुरुङ फरार रहेकी थिइन् ।
गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले कैद र जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने गुरुङको स्थायी घर कास्की पोखरा महानगरपालिका–१७ मा पर्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया