कांग्रेस नेता बस्नेतद्वारा बाढीपहिरो प्रभावितलाई लालपुर्जा वितरण, अग्नि सापकोटालाई तनाब

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई लालपुर्जा वितरण गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा नेता बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका १४ जना बाढीपहिरो पीडितलाई लालपूर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उप–मेयर मञ्जु तामाङलगायतको उपस्थिति रहेको थियो । बाँकी रहेका बाढीपहिरो पीडितलाई पनि क्रमश लालपुर्जा र सहयोग प्रदान गरिनेछ ।

२०७७ भदौमा आएको पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिएका छन् ।

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिनेछ ।

घर बनाउन असोजमा उनीहरूलाई रकम उपलब्ध गराउने कांग्रेस नेता बस्नेतले बताएका छन् ।

अब सुरक्षित स्थानमा आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने आशा पलाएको कांग्रेस नेता युधिर पौडेलले विश्वास व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकमा हालसम्म १२ स्थानीय तहका विभिन्न स्थानमा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

पीडितलाई पुनर्बासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निमार्णका लागि ५ लाख दिइएको छ ।

कम्युनिस्टहरूको झण्डै दुईतिहाईको सरकार रहेका बेला बाढीपहिरो पीडितलाई कुनै सहयोग गरेका थिएनन् । तर, कांग्रेस नेता बस्नेतले लालपुर्जा नै वितरण गरेका छन् । घर बनाइदिने प्रतिवद्धता जनाएका छन् ।

माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटालाई नेता बस्नेतले लालपुर्जा वितरण गरेपछि तनाव भएको छ ।

Published : Monday, 2022 July 25, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया