पर्यटन व्यवसायी एवं कांग्रेस नेता खत्रीद्वारा आरुघाटमा २७ परिवारलाई जस्तापाता वितरण

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् समाजसेवी प्रेमकुमार खत्रीले बाढीपहिरोबाट घरबाहर विहीन भएका २७ परिवारलाई रंगिन जस्तापाता सहयोग गरेका छन् ।

सोमबार गोरखा जिल्लाको आरुघाट गाउँपालिका–१ स्याम्चेतका २७ घरपरिवारलाई खत्रीले साढे चालीस बण्डल जस्तापाता उपलब्ध गराएका हुन् ।

कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका खत्रीले बाढीपहिरो पीडितलाई तत्कालीन राहतस्वरुप रंगिन जस्तापाता उपलब्ध गराएको बताएका छन् ।

आरुघाट गाउँपालिकाका अध्यक्ष अध्यक्ष राजु गुरुङसहितका जनप्रतिनिधि र कांग्रेस नेताहरूको उपस्थितिमा जस्तापाता पीडितलाई उपलब्ध गराइएको छ ।

स्याम्चेतमा एकहप्ता अगाडि आएको अबिरल वर्षतबाट २७ घर प्रभावित भएका थिए ।

पर्यटन व्यवसायी समेत रहेका युवा नेता खत्रीले आफ्नो संस्था ‘सम्भव नेपाल’मार्फत जस्तापाता दिएका हुन् ।

खत्रीले आफ्नो गृहजिल्ला गोरखामा शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले विशेष गरेर शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा रहेका अतिविपन्नलाई सहयोग गर्दै आएका छन् ।

युवा नेता खत्रीले गोरखाका स्थानीय तहहरूलाई आफ्नै निजी खर्चमा एम्बुलेन्सहरू समेत वितरण गरिसकेका छन् । खत्रीले आफ्नो कमाईको केही हिस्सा समाजसेवामा लगाउँदै आएका छन् ।

Published : Monday, 2022 July 25, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया