काउन्सिलको परीक्षामा १४९ जना चिकित्सकहरू फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले परीक्षामा १४९ जना चिकित्सकहरू फेल भएका छन् ।

शनिबार काउन्सिलले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षा (स्पेसल एक्जाम)मा चिकित्सक फेल भएका हुन् ।

विशेष परीक्षामा ४७४ जना परीक्षार्थी सहभागी भएका थिए । त्यसमा १४९ जना चिकित्सक फेल भएको काउन्सिलले जनाएको छ ।

४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थी सहभागी रहेको रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता छन् ।

Published : Sunday, 2022 July 24, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया