सशस्त्रका एसपीहरूको एसएसपीमा बढुवा सिफारिस, को–को परे ?

काठमाडौं । गृह मन्त्रालय बढुवा समितिले सशस्त्र प्रहरी बल नेपालका १४ जना (कामु) एसएसपी र दुई जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रवार बसेको बढुवा समितिको निर्णयानुसार बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि कायम ४ वर्षे प्रावधानलाई संशोधन गरेर १६ जना अधिकृतहरू एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।
कामु एसएसपीबाट एसएसपी हुनेमा १ नम्बरमा प्रवीण कँडेल छन् ।

दीपेन्द्र कुँवर (ख), विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसीना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेनलाई बढुवा सिफारिस गरिएको छ ।

शसस्त्र प्रहरी उपरीक्षक किरण ढुंगाना र शंकर खनाल पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

Published : Sunday, 2022 July 24, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया