कांग्रेस नेता मोक्तानद्वारा काठमाडौं– ५ मा प्रदेशतर्फ टिकटमा दाबी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धिरेनविक्रम मोक्तानले काठमाडौं क्षेत्र नं. ५ को ‘१’मा टिकटको दाबी गरेका छन् ।

कांग्रेसको क्षेत्रीय बैठक र भेलाहरूमा मोक्तानले टिकटमा दाबी गरेका हुन् । उनले भने, ‘यस पटक प्रदेशतर्फको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ ‘१’मा मेरो दाबी रहन्छ । पार्टीले टिकट दिन्छ भन्ने विश्वास छ ।’

मोक्तान काठमाडौं कांग्रेसमा सक्रिय रहने युवा नेतामा पर्छन् । उनले आफूलाई समाजिक कार्यमा होस् वा पार्टीको काममा होस् जहिले पनि अग्रभागमा राख्दै आएका छन् ।

प्रदेशतर्फ मोक्तानले टिकटमा दाबी गरेपछि युवाहरूमा उत्साह पलाएको छ ।

Published : Thursday, 2022 July 21, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया