कांग्रेस नेता लेखकद्वारा महेन्द्रनगर विमानस्थल निर्माणका लागि मन्त्रीसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठसँग कांग्रेस नेता लेखकले विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसंग भेटघाट गरि नेता लेखकले निर्माणाधीन विमानस्थलका लागि आवस्यक जग्गा अधिग्रहण लगायतका कानूनी प्रक्रिया पूरा गरि निर्माण प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका हुन् ।

मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर विमानस्थल निर्माण अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।

२०३६ सालदेखि २०५६ सम्म संचालित अवस्थामा रहेको विमानस्थल हाल बन्द अवस्थामा छ ।

५२ बिघा जमीनमा रहेको विमानस्थल स्तरोन्नतिका लागि थप ४५ बिघा जमीन नेपाली सेना, वन मन्त्रालय र व्यक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।

नेता लेखकको नेतृत्वमा नेपाली कांग्रेस कंचनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उप–प्रमुख नीलम लेखक, उद्योग वाणिज्य संघ कंचनपुरका अध्यक्ष पिताम्बर जोशी, कांग्रेस नेता पदम बुढा, अफिलाल जोशी लगायत भेटमा सहभागी रहेका थिए ।

Published : Thursday, 2022 July 21, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया