कांग्रेस नेता डा.अन्सारीद्वारा रोहिङ्ग्यालाई शरणार्थीको मान्यता दिन माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् औषधि व्यवसायी डा.अबुल हुसैन अन्सारीले नेपालमा रहेका रोहिङ्ग्याहरूको मानवअधिकारका विषयमा आवाज उठाएका छन् ।
बंगलादेशबाट विभिन्न कारणले काठमाडौंमा आएर बसेका रोहिङ्ग्याहरूलाई शरणार्थीको मान्यता दिएर मावनअधिकारको रक्षा गर्न डा.अन्सारी माग गरेका हुन् । उनले जुनसुकै बाध्यताले काठमाडौं आएका रोहिङ्ग्याहरूलाई संयुक्त राष्ट्र संघको परिभाषाअनुसारको व्यवस्था हुनुपर्ने माग गरे ।
रोहिङ्ग्याहरूलाई आतंकवादीको आरोप लाग्ने गरेको छ । सो आरोपका विषयमा डा.अन्सारीले भने, ‘काठमाडौंमा रहेका रोहिङ्ग्याहरू निकै कष्टपूर्ण अवस्थामा छन् । बस्ने ठाउँ छैन । खाने व्यवस्था छैन । पहिला उनीहरूको न्यूनतम आवश्यक्ता पूरा गरौं । उनीहरू आतंकवादी होइनन् ।’
काठमाडौंमा करीव २७ सय रोहिङ्ग्याहरू छन् । उनीहरू बंगलादेशबाट मानव तस्करहरूको चंगुलमा परेर वा विभिन्न बहानामा काठमाडौं आइपुगेका हुन् ।
ती रोहिङ्ग्याहरूलाई शरणार्थीको मान्यता दिएर व्यवस्थापन गर्नुपर्ने डा.अन्सारीले बताएका छन् ।
डा.अन्सारीले बागंगादेशका डिजास्टेड म्यानेजमेन्ट एण्ड रिलिफ मिनिष्ट्रीका राज्य मन्त्री डा.ईनामुल रहमानसँग पनि भेट गरेर रोहिङ्ग्याका समस्याबारे अवगत गराएका थिए ।
बंगादेशका लागि कार्यबाहक नेपाली राजदूत कुमार राईसहितको टोलीले रहमानलाई भेटेर नेपालका रोहिङ्ग्याका विषयमा जानकारी गराएको डा.अन्सारीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया