काउन्सिलले भोड्कालाई तोरिको फूल देखायो, कान्तिपुर र नयाँ पत्रिकालाई सबक सिकायो
काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण विज्ञापन तयार पारेको भन्दै कडा कदम उठाएपछि एक रक्सी कम्पनीले विज्ञापन नै फेरेको छ ।
एक भोड्का कम्पनीले ‘नेपालमा भेटियो सेतो बाघ’ भन्दै समाचारको शैलीमा भ्रमपूर्ण विज्ञापन दिएको थियो ।
त्यो विज्ञापन छापेलगत्तै काउन्सिले सम्बन्धित मन्त्रालय, विभाग र कम्पनीमाथि प्रश्न सोध्दै ७ दिनभित्र परिवर्तन नगरे कारवाही गर्ने चेतावनीसहितको पत्र पठाएको थियो ।
विज्ञापन छाप्ने मिडिया कम्पनी कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकलाई समेत चेतावनीयुक्त पत्र पठाएपछि अहिले फरक शैलीको विज्ञापन छापिएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आचारसंहिता पालनामा अब्बल बन्नुपर्ने मिडियाले भ्रमपूर्ण सन्देश दिएको भन्दै त्यस्ता गल्ती नदोहोर्याउन ती मिडियाका प्रधान सम्पादकलाई पत्र समेत पठाएका थिए ।
बस्नेतले सुदूरपश्चिमको एक पत्रकार अन्तक्र्रियामा कतिपय मिडियाले विज्ञापनलाई समाचार जस्तै बनाएर दिन थालेको र त्यसले पत्रकारिताप्रति विश्वसनीयता घट्दै गइरहेको भन्दै बोलेका थिए ।
त्यतिमात्र होइन, काउन्सिलले कान्तिपुरलाई चेतावनीयुक्त पत्र लेख्दै आगामी दिनमा पाठकलाई भ्रम उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामाग्री नदिन सचेत समेत गराएको छ ।
काउन्सिलले पछिल्लो समयमा अनलाइन, युट्युव र मिडियामा देखिएका यस्ता विकृति रोक्न विशेष सक्रियता देखाइरहेको छ ।
ठूला मिडियालाई समेत आचारसंहिता उल्लंघन गरेका घट्नामा तत्काल पत्र काट्ने, सचेत गराउने, क्षमायाचना गराउनेलगायतका कारवाही गरिरहेको छ ।
कतिपय मिडियालाई काउन्सिलले कालोसूचीमा राख्दै पत्रकार परिचयपत्र समेत खोसेको छ ।
तीन महिना यता नयाँ अनलाइन दर्ताअघि आचारसंहिता अभिमुखीकरण कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्थालाई समेत काउन्सिलले अघि बढाएको छ ।
यसअघि, काउन्सिलले जनता टाईम्स डटकमलाई पनि आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।
‘कामुक यौनकथा : एक वर्षपछिको त्यो रंगिन रात’, त्यसपछि खोल्सा छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ शीर्षकका समाचारबारे काउन्सिलले चासो देखाएर सुधार गर्न निर्देशन दिएको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया