कमलामाईमा भारतले बनाइदियो साढे ४ करोडमा टेक्निकल इन्स्टिच्यूटको भवन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ ।

नेपालका लागि भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले भारत सरकारको अनुदानमा निर्मित शैक्षिक भवनको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल ईन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठन–पाठन सञ्चालन गर्दै आएको छ ।

इन्स्टिच्यूटले काठमाडौं विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल ईन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षापनि सञ्चालन गर्दै आएको छ ।

इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ३० प्रतिशत छात्रा छन् ।

Published : Wednesday, 2022 July 20, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया