दुईतिहाईको कम्युनिस्ट सरकारसँग नझुकेका पत्रकार पहाडीद्वारा प्रेस युनियनमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा कृष्ण पहाडीले उम्मेदवारी घोषणा गरेका छन् ।

मिडियाडबली डटकमका पत्रकार पहाडीले युनियनको केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जनाएका छन् ।

काठमाडौंमा बसेर अनलाईन पत्रकारिता गर्दै आएका पहाडीको स्थायी घर भने सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा पर्छ ।

उनले अनलाईन पत्रकारहरूका समस्या र भोगाइका विषयमा युनियनको कार्यसमितिमा रहेर सरोकारवाला निकायसम्म आवाज पुर्‍याउने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका बेला कांग्रेसको समर्थन र कम्युनिस्टको हर्कतको विरोधमा समाचार लेखेकै भरमा धम्की, चेतावनी र दुःख झेलेका पहाडीले कांग्रेस नेतृत्वको सरकार बनेपछि अनलाईन पत्रकारिता गर्न सजिलो भएको बताएका छन् ।

युनियनको ९औं महाधिवेशन हेटौँडामा साउनको ६ र ७ गते हुन लागेको छ । महाधिवेशनको कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

पत्रकार पहाडीले कांग्रेसको पार्टी सभापति जो भए पनि त्यसलाई सम्मान गरेर सभापतिको आदेश, निर्देशन सबैले मान्नुपर्ने मान्यता राख्छन् ।

Published : Wednesday, 2022 July 20, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया