प्रहरीका ४०२ जना लेखा प्रमुखहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले लेखा प्रमुखहरूको सरुवा गरेको छ ।

प्रहरीको सूचनाअनुसार लेखा प्रमुखको काम गर्दै आएका ४०२ जना प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकहरूलाई काजमा खटाइएको हो ।

‘साउन ३ गतेको आ.ले.प.शाखाको पत्रद्वारा सिफारिस भई आए बमोजिम निम्न दरबन्दीका प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मको लागि साउन १ गतेदेखि लागू हुने गरि देहाय अनुसार लेखा प्रमुखको रुपमा काम काज गर्ने गर्ने गरि खटाइएको हुँदा खटिएको स्थानमा हाजिर हुन पाउने व्यवस्था मिलाउन निर्देशानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

Published : Tuesday, 2022 July 19, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया