सिर्जना वा केशवले जितेको भए बालेनको यो हर्कत गर्ने थिएनन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले दुई वटा सञ्चारमाध्यमलाई कारबाही गर्न मागसहित उजुरी दिएर कठोर भएको सन्देश दिएका छन् ।
मेयर साहले आफूविरुद्ध आएको समाचारको खण्डन गर्दै प्रेस काउन्सिल नेपालमा साउन १ गते उजुरी दर्ता गराएका हुन् । साहले विषयमा ‘कारबाही गरि पाउँ’ भनेर लेखेका छन् ।
उनले प्रेस काउन्सिल नेपालमा दर्ता गराएको उजुरीको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
मेयर साहले नेपाल समाचार पत्र र हिमालय टेलिभिजनमा प्रकाशन तथा प्रसारण भएको समाचारलाई लिएर उजुरी दिएको जनाएका छन् ।
साहले ती संस्थालाई कारबाही गरेर आफूलाई क्षतिपूर्तिको माग गरेका छन् ।
साह मेयरमा उम्मेदवार बनेका बेला सञ्चारमाध्यमले नै प्रचार प्रसार गरेका थिए । अहिले ती सञ्चारमाध्यम आएका समाचारविरुद्ध साह लागेका छन् ।
आफ्नाविरुद्ध समाचार आउँदा साहलाई मन पर्दैन भन्ने कुरा प्रेस काउन्सिलमा दर्ता गराएको उजुरी र व्यहोराबाट देखिएको छ ।
साहले मेयरमा स्वतन्त्रबाट जितेका थिए । उनी कुनै पनि दल निकटका होइनन् । दलको नेता हुन्थ्यो भने पत्रकार, सञ्चारमाध्यम र आफ्ना आलोचकहरूविरुद्ध क्षतिपूर्तिसहित कारबाहीको माग गर्ने थिएन ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलको नेता वा जनप्रतिनिधिले समाचार आएकै विषयमा क्षतिपूर्तिसहित कारबाहीको माग गरेर यसरी उजुरी दिएको घटना सुनिएको थिएन ।
नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह वा एमालेका नेता केशव स्थापितले जितेको भए साहले जस्तो गरेर कारबाहीको माग गरेर कदापि प्रेस काउन्सिलमा उजुरी दिने थिएनन् । सिर्जना र केशव जनता सेवक हुन् ।
साह अचानक राजनीतिमा आएका ठेट्ना हुन् । आत्महत्या गरेर मृत्यु भएका यमबुद्धको शालिक महानगरको बजेटबाट बनाउँछु भन्ने साहका हर्कत ठीक देखिएका छैनन् ।
महानगरको बजेटबाट शालिक बनाउन घोषणको विरोध भएपछि साहले आफ्नो तलबबाट शालिक बनाउने जनाएका छन् । साहले कति तलब पाउँछन् खुलाएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया