नेविसंघद्वारा काठमाडौंमा मसाल प्रदर्शन, एमालेका अधिकारीको सातोपुत्लो उड्यो
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एमालेका कार्यकर्ता समेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेर मसाल जुलुस प्रदर्शन गरेको छ ।
आइतबार बेलुका नेविसंघको रात्नराज्य लक्ष्मी क्याम्पस इकाईले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुस प्रदर्शन गरेको हो ।
विद्यार्थी नेताहरूले गभर्नर अधिकारीलाई एमालेको कार्यकर्ता भएको भन्दै गभर्नर पदबाट राजीनामा दिनुपर्ने वा प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
दलीय संलग्नता भएको व्यक्ति सरकारको उच्च पदमा बस्नु उचित नहुने भन्दै तत्काल राजीनामा दिन माग गर्दै राँके जुलुस निकालेको नेविसंघका नेता अनुराग शाहले जानकारी दिएका छन् ।
एमालेको अर्थ विभागमा सदस्यमा एम.अधिकारी भनेर नाम आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन् । नेविसंघ नै सडकमा उत्रिएर आफ्नो विरोध गरेपछि गभर्नर अधिकारी तनाबमा परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया