न्यूयोर्कमा जनसम्पर्क समितिको कार्यक्रम, कांग्रेस नेताहरू सहभागी हुने
न्यूयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाले ‘नेपालको वर्तमान राजनीतिक अवस्था’बारेमा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
अमेरिकी समयअनुसार शक्रबार जुलाई १५ तारिखका दिन दिउँसो ३ बजे न्यूयोर्कस्थित नेपाली भान्छा घरमा कार्यक्रम राखिएको छ ।
कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम र नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यको आतिथ्यतामा कार्यक्रम राखिएको छ ।
कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका कांग्रेस समर्थक सबैलाई आग्रह गरिएको छ ।
अन्तरक्रियामा थापा, गौतम र आचार्यले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनेछन् । उनीहरूले स्थानीय तहको निर्वाचनमा कांग्रेसको जितका बारेमा पनि जानकारी दिनेछन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको आउँदै गरेको चुनावका विषयमा कांग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्नेबारेमा पनि उनीहरूले जानकारी गराउनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया