कांग्रेस नेता तिमिल्सिनाको पहलमा पश्चिम कर्णाली नदीमा पुल बन्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाको पहलमा पश्चिम कर्णाली नदीमा पुल बन्ने भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकालाई जोड्न पुल निर्माणका लागि ठेक्का आह्वान भएको छ । गाडी चल्ने पुल पश्चिम कर्णाली नदीमा निर्माण हुनेछ ।

पुल निर्माणको पहल गरिदिएको भन्दै कांग्रेस नेता तिमिल्सिनाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल धन्यावाद दिएका छन् ।

पुल निर्माण भएपछि गेरुवाको शान्तिबजार र टीकापुर बजारमा आवत–जावत गर्न सहज हुने नेता तिमिल्सिनाले बताएका छन् ।

दुईतर्फ कृषिजन्यवस्तुको ओसार–पसारमा सहज हुनेछ । पर्यटकीय गतिविधि फस्टाउनेछ ।

स्थानीय नागरिकहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्नेछैन । पुल निर्माण भएपछि उद्योगधन्दा र कलकारखानासमेत खुल्ने वातावरण निर्माण हुनेछ ।

बर्दिया क्षेत्र नं. २ मा नेता तिमिलिसनाले बर्दिया जिल्लामा विकासका विभिन्न कार्यक्रम हाल्दै आएका छन् ।

Published : Thursday, 2022 July 14, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया