बागमती सरकारद्वारा महर्जन विभूषित, कांग्रेसमा रहेर खेलकुदमा योगदान

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलाई बागमती प्रदेश सरकारले पदकद्वारा सम्मान गरेको छ ।

बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा युवा नेता महर्जनलाई ‘प्रदेश शान पदक’बाट बिभूषित गरिएको हो ।

विभूषित भएका महर्जन खेलकुद जगतका हस्ती मानिन्छन् । खेलकुद भनेपछि हुरुक्क हुने महर्जन ललितपुर जिल्लामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरू गराउँदै आएका छन् ।

ठूलो धनराशिका प्रतियोगिता पनि उनले गराउने गरेका छन् । प्रधानमन्त्रीदेखि मन्त्री र उच्च शीर्ष नेताहरूलाई एकैठाउँमा राखेर खेलकुदका लागि कार्यक्रम, बजेटलगायतको माग गर्न सक्नै हैसियत राख्ने महर्जनलाई बागमती सरकारले सम्मान र विभूषित गरेर योगदानको कदर गरेको छ ।

१२ वर्ष उमेरदेखि कराते खेलमा आबद्ध भएका महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा करिब २ दर्जनभन्दा धेरै स्वर्ण पदक हासिल गरिसकेका छन् ।

महर्जन पूर्व कराते अन्तर्राष्ट्रिय खेलाडी हुन् । २०५६ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । उनले पछिल्लो समय प्रशिक्षको भूमिकामा रहेर सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेका छन् ।

Published : Thursday, 2022 July 14, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया