बालेनले ओलीलाई तबला उपहार दिए, बालकोटमा पूरै खुसीयाली
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले तबला उपहार दिएका छन् ।
बिहीबार साँझ बालकोटस्थित निवासमा पुगेर साहले ओलीलाई तबला दिएका हुन् । साहले ओलीलाई तबला किन उपहारमा दिएका हुन् ? केही खुलाइएको छैन ।
ओली र साहबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताएको छ ।
साहले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोटमा पुगेर भेट गरेका थिए ।
साहले एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेटेका थिए ।
साहले केही दिनअघि कांग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि भेटवार्ता गरेका थिए ।
साहले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया