रोटरी क्लब काठमाडौं डाउनटाउनको पदस्थापना

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको तेस्रो पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वार्थ भन्दामाथि सेवाभन्ने साझा उद्देश्यकासाथ क्रियाशील रोटरी क्लब काठमाडौं डाउनटाउनले मानवीय र सामाजिककार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै आएको छ ।

बिगत दुई वर्ष अगाडि मात्र रोटरीयन श्यामबहादुर पराजुलीको अध्यक्षतामा स्थापना भएको छोटो समयमा स्वास्थ्य शिविर, ग्रामीण क्षेत्रका विधार्थीलाई स्टेशनरी लगायतका सामग्री वितरण, रक्तदान, बृक्षारोपण, अनाथआश्रममा सहयोग, गम्भीर बिरामीभै उपचार पाउन नसकेकालाई सहयोग लगायतका सामाजिक र मानवीय सहयोगका कार्यक्रम संचालन गरी डिस्ट्रि«कमै उदाहरणीय क्लबको रुपमा स्थापित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पास्ट डिस्ट्रिक गभर्नर चिन्तामणि भट्राईले रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका नयाँ अध्यक्ष अर्थात ०२२/०२३ का अध्यक्ष लोकबहादुर टण्डनलाई गङ्गग्याभल लगाई दिएका थिए ।

चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुलीले चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए । अशिष्टेण्ट गभर्नर अनिश बज्राचार्यले अध्यक्ष टण्डनलाई शपथ ग्रहण गराएका छन् ।

अध्यक्ष टण्डनले बोर्डका सदस्यहरूको परिचय गराई उनीहरूलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा पाष्ट डिस्ट्रिक गभर्नर चिन्तामणि भट्टराई, वरिष्ठ पत्रकार टंक पन्त, क्लबका अध्यक्ष लोकबहादुर टण्डन, चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुली, ०२१/०२२का अशिष्टेण्ट गभर्नर लक्ष्मी खनाल, प्रेसिडेण्ट इलेक्ट अमोलचन्द्र प्रधान, अनोजराज पौडेल लगायतले रोटरीले गर्दै आएका काम र आगामी योजनाका बारेमा प्रकाश पारेका थिए ।

क्लबमा इञ्जिनियर, वरिष्ठ पत्रकार, चार्टड एकाउन्टेन्ट, समाजसेवी, स्वास्थ्यकर्मी, चिकित्सक, पूर्व न्यायाधीश, अधिवक्ता, सुरक्षानिकायका पूर्व अधिकारीहरू, प्राध्यापक एवं विजनेशमेन लगायत हरेक क्षेत्रका व्याक्तित्वहरूको सहभागिता रहेको छ ।

Published : Thursday, 2022 July 14, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया