ईन्स्पेक्टर जोशीको संरक्षणमा बिश्रामपुरमा जुवा सञ्चालन, ठग पत्रकारको धन्धा नै डेन्जर
वीरगंज । पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत पर्ने बिश्रामपुर गाउँमा प्रहरी प्रशासनकै सहयोग र संरक्षणमा जुवाको खाल संचालन भएको आरोप लागेको छ ।
स्थानीय इलाका प्रहरी कार्यालय पोखरीयाको सहयोग र संरक्षणमा बिश्रामपुर गाउँमा जुवाको खाल संचालन भएको आरोप स्थानीयले लगाएका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक आयुष जोशीको संरक्षणमा व्यापक रुपमा जुवाको खाल संचालन भएको स्थानीयवासीहरूले आरोप लगाएका छन् ।
स्थानीयवासीहरूका अनुसार बिश्रामपुर निवासी रविन्द्र कुश्वाहाले जुवाको खाल संचालन गरेको र जुवाको खाल संचालनको निम्ति ईलाका प्रहरी कार्यालय पोखरीयाको समेत सहयोग लिएको आरोप छ ।
बर्दी र पावरको दुरुपयोग गर्दै प्रहरी निरीक्षक जोशीले बिश्रामपुर गाउँमा जुवाको खाल संचालन गराएको विषयमा पर्सा प्रहरीभित्र चर्चा छ ।
नेपाल प्रहरी संगठनलाई एउटा अब्बल संगठनको रुपमा मानिए पनि संगठनको नीति निर्देशनको धज्जी उडाउँदै प्रहरी निरीक्षक जोशीले जुवाको खाल संचालन गर्न दिएर मासिक १० लाख रुपियाँसम्म बुझ्ने गरेको आरोप छ ।
जुवा खेलमा सहभागी हुन भारतको बिभिन्न ठाउँहरूबाट जुवाडेहरू बिश्रामपुर गाउँमा आउने गरेको स्थानीयको भनाइ छ । स्थानीय एक पत्रकारले पनि जुवालाई संरक्षण गर्न प्रहरीलाई सहयोग गरेको आरोप छ ।
मधेश प्रदेशका प्रमुख (डीआईजी) मसाउद आलम खाँसँग सेटिङ मिलाउनेभन्दै ती ठग पत्रकारले जिम्मा लिएको चर्चा छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश बस्नेतले गोप्य सूचना पाउनसाथ मंगलवार साँझ विशेष टोली परिचालन गरेको स्वीर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुग्नुभन्दा अगाडि जुवाडेहरूको भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।
बिश्रामपुर गाउँमा भइरहेको जुवाको खाल संचालनबारे जानकारी भएपनि पुग्नु अगाडि नै भागदौड मच्चिएको एसपी बस्नेतले स्वीकार गरेका छन् ।
यस विषयमा आफ्नो बिशेष निगरानी बढाइएको समेत एसपी बस्नेतले बताएका छन् । आरोपका विषयमा ईन्स्पेक्टर जोशीसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया