प्रहरीका ६ जना एसएसपीहरूको सरुवा, खनाललाई लागूऔषधको कमाण्ड, को कहाँ पुगे ?
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ ।
मन्त्रिस्तरीय निर्णयबाट बुधबार एसएसपीहरूको सरूवा गरिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनालको सरुवा भएको छ ।
अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसीको सरुवा भएको प्रहरी मुख्यालयले जनाएको छ ।
मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदीको सरुवा भएको छ ।
विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको हेडक्वाटरले जनाएको छ ।
Published : Wednesday, 2022 July 6, 5:45 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया