बालकोटका ‘सेना’द्वारा अर्थमन्त्रीको राजीनामा माग, काठमाडौंमा प्रदर्शन

काठमाडौं । एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेर काठमाडौंमा प्रदर्शन गरेको छ ।

मंगलबार संघले अर्थमन्त्री शर्माको राजीनामा माग गरेर काठमाडौंस्थित सिंहदरबार नजिक प्रदर्शन गरेको हो ।

बजेट निर्माण गर्दा बिचौलियाको अनधिकृत प्रवेश गराएको भन्दै मन्त्री शर्माको बिरोध भइरहँदा युवा संघले पनि प्रदर्शन गरेको छ ।

एमालेले बजेटको समयको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने माग गरेको छ । सीसीटीभी फुटेज डिलिट भएको जानकारी आएसँगै शर्माको आलोचना भएको छ ।

अर्थमन्त्री शर्माले राजीनामा नदिने भनेर अडान लिएर बसेका छन् । शर्मालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संरक्षण गरेका छन् ।

बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निर्देशनपछि युवा संघका नेता कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेर अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

Published : Tuesday, 2022 July 5, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया