अश्लील र अराजक हर्कत गर्ने आलेलाई पाताकस्ने तयारी, शक्तिशाली ठाउँमा उजुरी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पटक–पटक अश्लील शब्द बोलेको भन्दै कारबाहीको माग गरेर उजुरी परेको छ ।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई तथा रेजिना पौडेल (कानूनका विद्यार्थी)ले सांसद तथा मन्त्री आलेलाई कारबाहीको माग गरेर उजुरी दिएका हुन् ।
आलेले पटक–पटक अश्लील शब्द बोलेको, मर्यादा कायम नगरेको भन्दै संसद् सचिवालयको आचरण अनुगमन समितिको कार्यालय सिंहदबारमा तीन जना अधिवक्ताले उजुरी दर्ता गराएका छन् ।
उनीहरूले असार ३ गते शुक्रबार सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरूमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको समेत जानकारी आएको व्यहोरा निवेदनमा उल्लेख गरेका छन् ।
मन्त्री आलेले भारतमा बस्ने एक युवालाई सिध्याइदिने धम्कीसहितको अडियोको विषयमा पनि उनीहरूले समितिको ध्यानाकर्षण गराएका छन् ।
‘माननीय प्रेम आलेज्यूले प्रयोग गर्नुभएका शब्द कदापि समाजमा सुन्न र बोल्नयोग्य होइनन्’, उनीहरूले भनेका छन्, ‘के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो ?’
‘यी र यस्तै गतिविधिका कारण आम जनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको संशय पैदा हुनु सवभाविकै हो’, उजुरीमा भनिएको छ ।
यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने उजुरीमा चिन्ता गरिएको छ ।
मन्त्री आलेको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धनबाट कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ ।
मन्त्री आले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा सबैभन्दा आलोचित र विवादित मन्त्री हुन् । उनका हर्कत र गतिविधिहरू निकै तल्लोस्तरका छन् । उनले कर्मचारी, व्यापारीसहित धेरैलाई समस्या बनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया