आले अब ४८ घण्टाको मात्रै मन्त्री, स्वार्थका लागि बोर्डका २ सदस्य हटाउँदै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्री पद फत्किन मुस्किलले ४८ घण्टा बाँकी रहेका बेला व्यक्तिगत स्वार्थका लािग पर्यटन बोर्डका दुई सदस्यलाई हटाउन खोजेका छन् ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीसँगको टसल छ । पर्यटन बोर्डमा कमाउधन्दा चलाउन नपाएपछि आलेले नानाभाँती गरेर डा.रेग्मीलाई हटाउन खोजेका थिए । सर्वोच्च अदालतले नै डा.रेग्मीलाई तत्काल नहटाउन, काम गर्न दिनु भनेर आदेश दिएपछि आले तनाबमा परेका छन् ।
अदालतको आदेश विपरित विपरित डा.रेग्मीलाई हटाउन दुई सदस्यले असहयोग गरेको भन्दै आलेले व्यक्तिगत स्वार्थ पूरा गर्न निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने कृष्ण शाह र ङावा ङिमा शेर्पालाई हटाउने प्रक्रिया अगाडि बढाएका हुन् । आलेले बुधबार नै दुई नयाँ सदस्य नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् ।
सदस्यद्वय शाह र शेर्पाले पछिल्लो पटक सोमबार बसेको बोर्डको बैठकमा डा.रेग्मीलाई प्रमुख कार्यकारी निर्देशकबाट हटाउन मानेका थिएनन् । डा.रेग्मीलाई हटाउँदा सर्वोच्च अदालतको मानहानी हुनेभन्दै असहमति राखेपछि मन्त्री आले रिसाएका थिए ।
बोर्डमा पदेन सदस्यका रुपमा सहभागी अर्थ र वन मन्त्रालयका सह–सचिवहरूले पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा सहभागी भएर निर्णय गर्न नसक्ने जनाएका थिए ।
प्रमुख कार्यकारी निर्देशक डा.रेग्मीलाई हटाउन मन्त्री ओलेलाई एमालेका नेता समेत रहेका उपाध्यक्ष चन्द्र रिजाल मात्रै छन् ।
शाहले अदालतमा मुद्दा विचाराधीन रहेको र सीईओको तर्फबाट अवहेलना मुद्दासमेत खेपीरहेको भन्दै आफू अदालती सजायको भागीदार नहुँने बताएका छन् ।
उनले बोर्डलाई गिजोल्दा भर्खर तंग्रिन लागेको पर्यटन उद्योगमा असर पर्ने भन्दै डा.रेग्मीलाई हटाउने निर्णयमा असहमति जनाएका थिए ।
सदस्य शेर्पाले पर्यटन प्रबर्द्धनमा लाग्नुपर्ने बेलामा सिइओ हटाउने र अदालती झमेलमा फस्ने काममा लाग्दा प्रत्युत्पादक हुने बताएका छन् । उनले बोर्डले परिपक्व निर्णय गर्नुपर्ने बताएका छन् ।
बोर्डका सदस्य मदन आचार्यले पनि बैठकमा कानूनी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोर्डले फेरि निर्णय गर्दा पुनः न्यायिक विषय उठ्ने भन्दै विचार गर्नुपर्ने बताएका थिए ।
अर्थ मन्त्रालयका सह–सचिव अर्जुनकुमार खड्काले डा.रेग्मीलाई हटाउने विषयमा अदालतको मानहानी आकर्षित हुँने धारणा बैठकमा राखेका थिए ।
अध्यागमनका महानिर्देशक र अर्थ मन्त्रालयका सचिवले आफूहरू अदालतमा विचाराधीन मुद्दाको झमेलमा नपर्ने भन्दै आफ्ना धारणा राखेर बाहिरिएका थिए ।
सबै सदस्यहरू बोर्डको बैठकमा डा.रेग्मीलाई हटाउने कुरामा असहमति जनाएर बाहिरिएपछि कोरम पुगेको थिए ।
आलेले आफ्नो मन्त्री पद २ दिन बाँकी रहेका बेला पर्यटन बोर्डमा दुई सदस्यलाई हटाएर आफ्ना मान्छे ल्याएर सर्वोच्चको आदेश विपरित निर्णय गराउने पक्षमा देखिएका छन् । आलेको यो हर्कतमा क–कसले साथ दिने हुन् हेर्न बाँकी छ ।
आलेले अहँकार र व्यक्तिगत स्वार्थमा बोर्डबाट शाह र शेर्पालाई सदस्यबाट हटाए असहयोग आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन मन्त्री आलेसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
मन्त्री आलेले उच्च कर्मचारी, व्यापारीलगायतसँग कमिशन मागेर हैरान बनाएको आरोप पनि छ । बतास समूह, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, पर्यटन बोर्ड, क्यासिनो, ग्राउण्ड ह्याण्डेलिङ लगायतमा आलेले कमिशन माग गरेर हैरान बनाएका चर्चा सुनिएका छन् ।
मन्त्री आलेले एउटा विदेश कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डेलिङको ठेक्का दिन खोजेका थिए । तर, आले सफल हुन सकेनन् । आलेले धेरै कमिशन माग गरेका कारण पोखरा र भैरहवाको ग्राउण्ड ह्याण्डेलिङ लिन ती विदेश ठेकेदारले लिन नमानेको स्रोतको भनाइ छ । यो कुरा एमालेका एकजना ठूलै नेताका भाइले सेटिङ मिलाएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया