नेपालमा यस्तो छ चिनियाँ नागरिकहरूको अपराधको धन्दा, चार जनाफेरि पक्राउ

काठमाडौं । नेपालमा बसेर चिनियाँ नागरिकहरूले अपराध गरेका घटना बढेका बेला चार जना चिनियाँ नागरिकहरूलाई चार करोड रुपियाँसहित पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको डिकीबाट प्रहरीले करीब चार करोड रुपियाँसहित ४ जना चिनियाँ नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान ९ बजे नागढुंगामा नियमित चेकजाँचका क्रममा गाडीको डिकीमा प्लास्टिकको बोराभित्र लुकाएको अवस्थामा तीन करोड ९८ लाख १३ हजार सात सय २० रुपियाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

गाडीमा सवार चार चिनियाँ र नेपाली चालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । पक्राउ परेका गाडी चालक नुवाकोटका फूलबहादुर गुरुङ हुन् ।

बरामद रकम आपराधिक गतिविधिबापतको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रारम्भिक सोधपुछमा उनीहरूले पैसाको स्रोत खुलाउन सकेका छैनन्न् । विस्तृत अनुसन्धान हुँदा यसमा ठूलै गिरोह पत्ता लाग्ने प्रहरीको आशंका छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई १४ दिन थुनामा राख्ने म्याद अदालतबाट लिएको छ ।

Published : Wednesday, 2022 June 8, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया