आशा गरिएका बालेन्द्र ओलीको शरणमा, एमालेको आशीर्वाद लिए
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको पदबहाली गरेको अर्को दिन बालेन्द्र शाहले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गोप्य भेट गरेको तस्वीर लिक भएको छ ।
एमालेकी नेतृ शान्ता चौधरीले मंगलबार ओली र बालेन्द्रबीच भएको भेटको तस्वीर आफ्नो फेसबुकमा राखेकी छिन् । यो भेट कहिले भएको केही भनिएको छैन । तर, एमाले नेतृ चौधरीले ओली र बालेन्द्रबीचको भेटलाई अर्थपूर्ण भनेकी छिन् ।
ओलीसँग बालेन्द्रले भक्तपुरको बालकोटस्थित निवासमै पुगेर भेट गरेका थिए । ओलीले बालेन्द्रलाई रातो खादा लगाइदिएर स्वागत गरेका छन् । ओली र शाहबीच के कुराकानी भएको हो केही भनिएको छैन ।
एमालेले लिक गरेको बालेन्द्र र ओलीबीच मतगणना भइरहेका बेला गोप्य भेट भएको पनि बताइएको छ । यसबारेमा स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
तर, मेयर पदको शपथ लिएर पदभार ग्रहण गरेको अर्को दिन बालेन्द्रले एमालेका अध्यक्ष ओलीलाई भेट गरेको तस्वीर एमालेले सार्वजनिक गरेको छ ।
बालेन्द्रले ओलीलाई भेटेर के सन्देश दिन खोजेका हुन् धेरैलाई कौतुहलता भएको छ ।
बालेन्द्रले काठमाडौं महानगरमा काम गरेर जनताको सेवा गर्छन् भन्ने आश गरेर भारी मतको अन्तरले मेयरमा जिताएका थिए ।
बालेन्द्र भने नेपाली सेनाका प्रधानसेपति प्रभुराम शर्मालाई भेट्ने, कहिले एमालेका अध्यक्ष ओलीलाई भेट गरेर चर्चामा आइरहेका छन् ।
यसअघि बालेन्द्रले नेमकिपाका अध्यक्ष नारायण्मान बिजुक्छेलाई भेट गरेका थिए ।
शाहले नेमकिपा पार्टी मन पर्छ भनेर आफ्ना अभिव्यक्ति दिँदै आएका छन् । नेमकिपालाई मनपर्ने पार्टी भनेपछि बालेन्द्र कम्युनिस्टप्रति झुकाब राख्ने भनेर टिप्पणी भएका छन् ।
शाहले स्वतन्त्रबाट मेयरमा जितेका थिए । उनले नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंह र एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई हराएका थिए ।
सोमबार बसेको बैठकमा स्वतन्त्रबाट मेयरमा निर्वाचित बालेन्द्र र वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालबीच विवाद भएको थियो । वडाध्यक्ष रिजाल नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया