दलालको चक्करमा अमेरिका हिँडेका १५ नेपाली म्याड्रिडमा पक्राउ
काठमाडौं । अबैध कागजपत्रसहित स्पेनमा १५ जना नेपालीहरू पक्राउ परेका छन् ।
म्याड्रिडको बादाखोस विमानस्थलमा ट्रान्जिट भई बोलिभियाका लागि उड्न लागेका नेपालीहरूलाई स्पेनको प्रहरीले पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् । पक्राउ परेका नेपालीहरूको नाम सार्वजनिक भएको छैन ।
पक्राउ परेका नेपालीहरू अमेरिका जान लागेका थिए । दलाले उनीहरूलाई बोलिभिया हुँदै अमेरिका छिराउन खोजेको थियो ।
नेपालीहरू भारत, युएई, दक्षिण अफ्रिका, केन्या लगायतका मुलुक भएर मोरक्कोबाट स्पेन छिरेका छन् । प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथमा बोलिभिया र कोलम्बियाको टिकट फेला परेको छ ।
६ महिना अगाडि पनि अवैध रुपमा अमेरिका जान हिँडेका ३ जना नेपालीलाई स्थानीय प्रहरीले म्याड्रिडमा पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया