उपेन्द्र यादवका ‘राजकुमार’को लज्जास्पद हार, पुत्रमोहले जसपा ढल्यो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उप–मेयर पदमा नराम्रोसँग पराजित भएका छन् ।

शनिबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार ३४ वर्षीय अमरेन्द्र विराटनगर महानगरपालिकाको उप–मेयरमा पराजित भएका हुन् । अमरेन्द्रले १४२१९ मत पाएका थिए ।

अमरेन्द्रलाई एमालेकी उप–मेयरकी उम्मेदवार ४३ वर्षीया शिल्पा कार्कीले पराजित गरेकी हुन् ।

अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई उप–मेयर बनाउने लोभमा परेर उम्मेदवार बनाउँदा मतदाताले नरुचाएर हराइदिएका छन् ।

आफ्नै छोरालाई उपेन्द्रले उम्मेदवार बनाएपछि पार्टीभित्र विरोध भएको थियो ।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ४८ वर्षीय नागेश कोइराला ३०१७० मतसहित विजयी भएका छन् ।

कोइरालासँग एमालेका ४५ वर्षीय सागरकुमार थापा २१४५५ मतसहित पराजित भएका छन् ।

कांग्रेसका कोइरालाले एमालेका थापालाई ९७१५ मतको अन्तरले पराजित गरेका हुन् ।

Published : Saturday, 2022 May 21, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया