एमालेले चुनाव जित्न तल्लो तहको हर्कत गरेको कुरा कांग्रेसले पत्ता लगायो

काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन माग गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर मतदानका क्रममा बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरूले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने कार्य गरेको जनाएको छ ।

एमालेले मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको हो ।

कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचनका क्रममा निषेधाज्ञा जारी गर्नुपरेको घटनाले स्थिति भयावह बनेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले उक्त अवस्थामा निर्वाचन गर्ने अवस्था नभएका कारण राजीनामा दिएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रकाबाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको माग मतपेटिकाहरू बुझ्न बाध्य पाबाजुराको बुढीगंगामा पुनः मतदान गराउन कांग्रेसको मागरिएको उल्लेख गरेको छ ।

यसबाट नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको ठहर छ ।

‘निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घटनामा संलग्न उपर कानुनबमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2022 May 20, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया