डीआईजी लोहनी गण्डकीको सुरक्षाबाट सन्तुष्ट, ‘रेड जोन’ ३ जिल्लामा एसपीहरूको अच्छा काम
पोखरा । स्थानीय तहको निर्वाचनका बेला गण्डकी प्रदेशको शान्ति सुरक्षा मजबुद देखिएको छ ।
गण्डकी प्रदेशका ‘रेड जोन’का तीन जिल्लाहरू बाग्लुङ, स्याङजा र गोरखामा पर्छन् । गण्डकी प्रदेश प्रहरीले पनि ती जिल्लाहरूमा कान ठाडो बनाएर राखेको थियो । संयोगले ती जिल्लामा कुनै पनि अप्रिय घटना हुन पाएन ।
बाग्लुङको प्रहरी प्रमुखमा एसपी दयानिधि ज्ञवाली, स्याङको प्रहरी प्रमुखमा एसपी राजिव बस्नेत, गोरखाको प्रहरी प्रमुखमा एसपी केदार खनाल रहेका छन् ।
यी तीन जिल्लामा पनि अझै सम्वेदनशील बाग्लुङ पर्छ । बाग्लुङमा स्थानीय तहको निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन पाएन । एसपी ज्ञवालीको कमाण्डमा खटिएका प्रहरीले शान्ति सुरक्षा मजबुद बनाएका थिए ।
अपवादका रुपमा बरु तनहुँ जिल्लामा सानो घटना भयो । तैपनि प्रहरीले स्थितिलाई १५/२० मिनटमै नियन्त्रणमा लिएको थियो । निर्वाचन आयोगले पनि मतदान गर्ने भनेपछि पुनः मतदान भएको थियो ।
तनहुँको प्रहरी प्रमुखमा एसपी राजेन्द्रबाबु रेग्मी छन् । उनले पनि जोडबल लगाएर शान्ति सुरक्षा बनाउन भूमिका खेलेका थिए ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) दिवेश लोहनीले समग्रमा गण्डकी प्रदेशका जिल्लाहरूमा शान्तिपूर्ण रुपमा स्थानीय तहको चुनाव सम्पन्न भएको बताए ।
उनले शान्तिपूर्ण चुनाव गर्नका लागि सहयोग गर्ने राजनीतिक दलका जिल्ला नेतृत्व, प्रहरीका जिल्ला ईञ्चार्ज र प्रमुख जिल्ला अधिकारीहरूको अन्तरक्रियाले ठूलो सहयोग मिलेको भन्दै धन्यावाद दिएका छन् ।
डीआईजी लोहनीले निर्वाचनका बेला शान्ति सुरक्षा बनाउन उच्च मनोबलका साथ खटिएका मातहतका प्रहरीका जवानदेखि सिनियर हाकिम, जिल्ला ईञ्चार्जहरू सबैलाई धन्यावाद दिएका छन् ।
‘स्थानीय तहको चुनावबाट पाठ सिकेर काम अझै शान्तिपूर्ण तरिकाले काम गर्न सकिन्छ’
दिवेश लोहनी, प्रमुख, गण्डकी प्रदेश प्रहरी
स्थानीय चुनाव धेरै शान्तिपूर्ण भएको हो । तर, यसमा गर्नुपर्ने काम अझै धेरै छ । हरेक वर्ष झै–झगडा हुने र पुनः मतदान गर्नुपर्ने भएका जिल्लाहरूमा पनि यो पटक त्यो भएन । बाग्लुङतिर गाउँमा झगडा हुन्थ्यो । गोरखातिर हुन्थ्यो । त्यो कारणले पुनः मतदान हुनुपर्ने स्थिति हुन्थ्यो । हरेक साल मतदान गर्नुपर्ने हुन्थ्यो । स्याङजाको कतिपय ठाउँमा पनि त्यो खालको अवस्था हुन्थ्यो । पुनः मतदान गर्नुपर्ने लेबलमा कहिँ पनि भएन । तनहुँमा एक ठाउँमा त्यो भएको पनि निर्वाचन आयोगले गरेको निर्णय, त्यो दिन पनि शान्तिपूर्ण रुपमा चुनाव सक्किएको थियो । त्यो एउटा घटना १५÷२० मिनट गड्या गुडुङ भयो । बन्द भयो । त्यसपछि फेरि मतदान चलेकै थियो । निर्वाचन आयोगले विभिन्न कारणले ठीक मानेन उसले फेरि मतदान पुनः गराइदियो । समग्रमा त्यहाँको अवस्था शान्तिपूर्ण थियो ।
समग्रमा शान्तिपूर्ण अवस्था रह्यो । तर, हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी छन् । वातावरण कुनै पनि बेलामा बिग्रिन र त्यो बेला द्वन्द्व बढ्न सक्ने सम्भावनाहरू धेरै ठाउँमा थियो । त्यसका लागि राजनीतिक दलहरूले जुनकिसिमको संयमता र सुझवपूर्ण कुरा देखाए, जिल्लाका ईञ्चार्जहरूले सीडीओसाबहरूले, सुरक्षा समितिले राजनीतिक नेतृत्वलाई बोलाएर अन्तरक्रिया गरेर सोलुसन निकाल्नुभयो त्यसले गर्दा घटनाहरू बढेन । त्यो संहिष्णुता अझै अर्को लेबलमा आउनलाई बाँकी नै छ । अर्को चुनाव चाँडै आउँदैछ । त्यो चुनावमा पनि अहिलेको स्थानीय चुनावबाट पाठ सिकेर काम गर्दा यो चुनावमा भन्दा अझै शान्तिपूर्ण तरिकाले काम गर्न सकिन्छ ।
मेरो व्यक्तिगत भनाइ के छभने, हामीहरू सबै जनाले गलत कुरा स्वीकार गर्छौं । गलत कुरा के स्वीकार गरिरहेका छौँ भने राजनीति हो, चुनाव हो, यति त भइहाल्छ नि ! भनेर साना–साना यी घटनाहरूलाई हामीले स्वीकार गर्छौं । यति भैहाल्छ भनेर यो कुरालाई हामीले स्वीकार गर्ने होइन । यो पनि नहुनका लागि के गर्नुपर्छ भनेर हामी जानुपर्छ ।
स्थानीय तहमा चुनौती कि ? प्रतिनिधि सभामा ?
स्थानीय तहको चुनावमा धेरै स्थानीय नेताहरू सहभागी हुन्छन् । आफ्नै व्यक्तिगत चाहनामा पनि त्यहाँ जित्नुपर्छ भन्ने भावना हुन्छ । त्यस कारण अझ धेरै द्वन्द्व हुनुपर्ने हो । प्रदेश र प्रतिनिधि सभाको चुनावमा त्यो तहमा हुँदैन कि जस्तो लाग्छ । यसभन्दा अगाडि पनि स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको चुनौती च्यालेञ्जका रुपमा थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय तहको भन्दा अलिक सहज हुन्छ होला ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया