नाम्गेलले कमाण्ड सम्हालेपछि सोलुखुम्बुमा कांग्रेसको अहिलेसम्मकै ठूलो जित, कम्युनिस्टहरू थरुथरु

सोलुखुम्बु । नेपाली कांग्रेसले सोलुखुम्बुमा पहिलो पटक स्थानीय तहमा शानदार जित हासिल गरेको छ ।

सभापतिमा नाम्गेल जाङबु शेर्पाले पार्टीको नेतृत्व सम्हाल्नेवित्तिकै कांग्रेसलाई सोलुखुम्बुमा ठूलो सफलता हासिल भएको छ ।

सोलुखुम्बुमा कांग्रेसले ८ वटा पालिकामा नगरपालिकासहित ५ वटा पालिकामा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले सोलु दुधकुण्ड नगरपालिका मात्रै जितेको थियो ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलबहादुर केसीका कारण सधैँ सोलुखुम्बुमा पराजित कांग्रेस पराजित हुँदै आएको थियो । यस पटक पनि कांग्रेसका उम्मेदवारहरूलाई अन्तरघात गरेर हराउने प्रयास र षड्यन्त्र भएका थिए ।

तर, सभापति शेर्पाले सबै प्रयासलाई विलफ बनाएर कांग्रेसलाई जिताउन सफल भएका छन् । कांग्रेसका उम्मेदवारहरू जिताउन केन्द्रीय सदस्य आङगेलु शेर्पाले पनि ठूलो मेहनत गरेका थिए । आङगेलुको सहयोगको सभाति शेर्पाले प्रशंसा गरेका छन् ।

यसैबीच, सोलु दुधकुण्ड नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार ४१ वर्षीय नाम्गेल जाङबु शेर्पा ४९६८ मतसहित निर्वाचित भएका छन् । शेर्पा यसअघि पनि मेयर थिए । उनी सोलुखुम्बु कांग्रेसका पार्टी सभापति पनि हुन् ।

उप–मेयरमा कांग्रेसकी ३९ वर्षीया गान्धीमाया तामाङ ४६६७ मतसहित निर्वाचित भएकी छिन् ।

सोलु दुधकुण्डमा ११ वटा वडामध्ये कांग्रेसले ६ वटामा जित हासिल गरेको छ ।

वडा नं. २ मा ३९ वर्षीय ङवाङ ठिले शेर्पा (३१३), वडा नं. ३ मा ३६ वर्षीय ल्हाक्पा गेलु शेर्पा (२३६), वडा नं. ६ मा ३५ वर्षीय फुर्वा ग्याल्जेन शेर्पा (४१०), वडा नं. ७ मा ४१ वर्षीय सोनाम ग्याल्जेन शेर्पा (६९३) र वडा नं. १० मा ३८ वर्षीय होमबहादुर मगर (३२८) कांग्रेसबाट विजयी भएका छन् ।

नेचासल्यान गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षमा ५७ वर्षीय धनराज राई (२५६९) र उपाध्यक्षमा ३५ वर्षीया वीना राई (२९०६) निर्वाचित भएका छन् ।

नेचासल्यानको वडा नं. १ मा कांग्रेसका ४८ वर्षीय रमेशकुमार राई (५७७), २ मा ४२ वर्षीय सीताराम काफ्ले (५१२), ४ मा ४३ वर्षीय इन्द्रबहादुर राई (४५०) वडाध्यक्षमा विजयी भएका छन् ।

महाकुलुङ गाउँपालिकामा कांग्रेसले विजयी भएको छ । अध्यक्षमा ४३ वर्षीय सूर्यबहादुर राई (२१००) र उपाध्यक्षमा ३८ वर्षीया विपना कुलुङ (१९२९) विजयी भएका छन् ।

महाकुलुङको वडा नं. १ मा कांग्रेसका ४६ वर्षीय पर्खिधन राई (६४६), ३ मा ४८ वर्षीय दुर्गाबहादुर राई कुलुङ (६४२) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

लिखु पिके गाउँपालिकामा पनि कांग्रेस निर्वाचित भएको छ । अध्यक्षमा ५४ वर्षीया मीनादेवी कार्की (१२६०) र उपाध्यक्षमा ५१ वर्षीय ङावाङ लाक्पा शेर्पा (१४११) विजयी भएका छन् ।

लिखु पिकेको वडा नं. १ मा ३७ वर्षीय मिङमार गेल्जे शेर्पा (२१६), २ मा ४२ वर्षीय मणिराज बस्नेत (३६४), ५ मा ३९ वर्षीय ङिमाछिरी लामा (२४०) कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका छन् ।

सोताङ गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ । अध्यक्षमा ४६ वर्षीय खिलराज बस्नेत (१६४८) र उपाध्यक्षमा ३८ वर्षीया अञ्जु नाछिरिङ (१६६९) निर्वाचित भएका छन् ।

सोताङ गाउँपालिकाको वडा नं. १ मा कांग्रेसका ४० वर्षीय जंगबहादुर गुरुङ (३९८), ३ मा ३३ वर्षीय गोकर्ण बस्नेत (५०७), ४ मा ३८ वर्षीय दीपबहादुर राई (३३४) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खुम्वु पासाङल्हमु गाउँपालिकामा भने कांग्रेस पराजित भएको छ । ५ वटा वडामध्ये कांग्रेसले वडा नं. १ मा मात्रै जितेको छ । कांग्रेसका ३९ वर्षीय फुनुरु शेर्पा (४३८) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माप्य दुधकोशी गाउँपालिकामा पनि कांग्रेस पराजित भएको छ । यो गाउँपालिकामा कांग्रेसले वडा नं. ५ र ६ मा जित हासिल गरेको छ । ५ मा ३१ वर्षीय अबिरल वाइवा (५९९) र ६ मा ४५ वर्षीय रामप्रसाद मगर (५८२) वडाध्यक्षमा विजयी भएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकामा पनि कांग्रेस पराजित भएको छ । यो पालिकामा कांग्रेसले ९ मध्ये ४ वटा वडा जितेको छ । १ मा ४० वर्षीय घनराज सुनुवार (५४५), ३ मा ४५ वर्षीय इन्द्रमणि दाहाल (३९८), ४ मा ५६ वर्षीय श्यामकुमार गुरुङ र ६ मा ३३ वर्षीय महेन्द्रराज राई (५५१) कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Thursday, 2022 May 19, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया