कञ्चनपुरका कडायत बेपत्ता, अन्तिम लोकेसन कपिलवस्तुमा देखियो
काठमाडौं । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका– १० दैजी घर भएका ४५ वर्षीय भानसिंह कडायत बेपत्ता भएका छन् ।
पोखराबाट कञ्चनपुरतर्फ जाँदै गरेका कडायत कपिलवस्तुबाट सम्पर्कविहीन भएको उनका छोरा रमेश कडायतले जनाएका छन् ।
माघ २१ गते शुक्रबार बिहान साढे ११ बजेदेखि कपिलवस्तुको जगदीशपुरबाट सम्पर्क विहीन भएको रमेशले बताएका छन् ।
प्रहरीमार्फत मोबाइल फोनको अन्तिम लोकेसन चेक गर्दा कपिलवस्तुको जगदीशपुर देखाएको छ ।
कडायतले म्याग्दीबाट पोखरा हुँदै कञ्चनपुर हिँड्ने बेला आफूसँग दुई हजार रुपियाँ मात्र रहेको जानकारी घरमा गराएका थिए ।
गाडीमा चढेको बेला सह–चालक वा कुनै यात्रुसँग झगडा परेर बाटोमै छाडेको हुन सक्ने परिवारको आशंका छ ।
अन्दाजी साढे ५ फिट उचाइँ भएका कडायतले रातो टिसर्ट, कालो पाइन्ट, खैरो रंगको जुत्ता, सेतो क्याप र कालो रंगको ज्याकेट लगाएका थिए ।
लगातार प्रहरी र आफन्तले खोजी गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।
कडायतलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा उनका छोरा रमेशको फोन नम्बर ९८६३४०२४०८, ९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया