नुवाकोटकी महिलालाई सीआईबीद्वारा भैंसेपाटीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोट घर भएकी अम्बिका बुढाथोकीलाई काठमाडौंमा पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–३ धनेश्वर बस्ने नुवाकोटको विदुर नगरपालिका–११ स्थायी ठेगान भएकी ४१ वर्षीया बुढाथोकीलाई मंगलबार पक्राउ गरेको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ कात्तिक २३ गतेको फैसलाले १७ लाख ४२ हजार ८ सय ७७ रुपियाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भएको थियो । उनी फरार रहेकी थिइन् ।
सीआईबीको प्रहरी टोलीले ललितपुर जिल्लाको भैसेपाटीबाट बुढाथोकीलाई फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालय, धनेश्वर, काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुनेगरी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया