देउवाको शरणमा पुगे ओली र दाहाल, कम्युनिस्टहरूभित्र खैलाबैला

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले ओली र दाहाललाई सँगै राखेर परामर्श गरेका हुन् । उनीहरूका बीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको हो ।

एमसीसीका विषयमा विभिन्न समाचार र अड्कलबाजीहरू भइरहेका बेला प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसक्दा दुईतिहाइ बहुमत हुँदाहुँदै प्रधानमन्त्री पद फुत्काएका ओली र दाहाल तथा देउवाबीच लामो समयपछि भेट भएको छ ।

भेटमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति रहेको छ ।

Published : Sunday, 2022 February 6, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया