परराष्ट्रमन्त्री डा.खड्काको जवाफ सुनेपछि मुर्छापरेको एमाले ब्यूँझियो

उदयपुर । नेपाली कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री डा.नारायण खड्काले सडकमा हो–हल्ला गरेकै भरमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा नहुने बताएका छन् ।

शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा मन्त्री खड्काले कसैको दबाबका आधारमा नभएर राज्यका ऐन नियमानुसार स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने बताए ।

उनले स्थानीय चुनावका विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको र छिटै मन्त्रिपरिषद्ले मिति तोक्ने बताएका छन् ।

एमालेका केही भ्रातृ संगठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नभन्दै सडकमा उत्पात मच्चाएका बेला मन्त्री खड्काले उनीहरूलाई जवाफ दिएका छन् ।

कांग्रेस नेतृत्वको सरकारले जेठको ४ गते स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको छ । केही दिनभित्र सरकारले मिति घोषणा गर्दैछ । एमालेले अनावश्यक राजनीति गरिरहेको छ ।

मन्त्री खड्काले एमाले आफू सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको बताएका छन् ।

उनले एमसीसी संसदबाट पारित गराउन लागिपरेको भन्दै एमाले प्रतिपक्षीमा आएपछि अनाश्यक बिरोध गरेको बताए ।

Published : Sunday, 2022 February 6, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया